मेरो कविताहरु

कति सहे पिडाहरु मैले गन्न बाकी नैछ
तिमीभने हिडीहालेउ अझै भन्न बाकी नैछ


तीमी सँग पुग्न मैले नखोजेको कहाँ हो र?
हिड्ने बाटो भत्केकाले, अझै खन्न बाकी नैछ


हेरा हेर मात्रै भयो दुई किनारमा उभिरहदा
हामी लाई जोड्नलाई,पुल बन्न बाकी नै छ


कसले चोरयो मेरो मनको भकारी त रित्तै छ
अरुले नै लग्छ की त तेहा टन्न बाकी नै छ


ह्रीदय को परेली मा परेको त्यो बज्रपात
नरित्तिने प्रेम को बिउ ,अझै धन्न बाकी नैछ
--------------------------------------------------------------------------------------

एकदिन त ढल्नु नै थियो, आजै ढलायो जिन्दगीले
जिउँदै मरी बाँचिरा'थेँ, आखिर जलायो जिन्दगीले


पाईला पाईलामा ठेस लाग्ने कस्तो कर्म मेरो
पाईला पाईलामा ठेस लाग्ने कस्तो कर्म मेरो

मनभरी दुखका पहाड, थाम्दा गलायो जिन्दगीले
जिउँदै मरी बाँचिरा'थेँ, आखिर जलायो जिन्दगीले
-----------------------------------------------------------------------------------------

चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी नै छ
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी नै छ ।


निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै
तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी नै छ ।


तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ
घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी नै छ ।


अप्सरा झैं सिंगारिएर केको उत्सव मनायौ हिजो
सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी नै छ ।


जले सबै सपनाहरू उराठ भयो जिन्दगी
अफसोच यी आँशुको तलाउ अँझै बाँकी नै छ ।
--------------------------------------------------------------------------------------------

सात जन्मको कसम खाई छुत्नेहरु धेरै छन् यँहा ।
आफ्नो जवानी नदेखाऊ प्रिय लुट्नेहरु धेरै छन् यँहा ॥


धकमक्क फक्रिएको सुन्दर फूल देख्ने बितिकै
भमरा सरी बास्ना चाहार्न जुत्नेहरु धेरै छन् यँहा ॥


आँखा चिम्ली कसैलाई नि बिश्वाश तिमि नगर
तिम्रो आँशुमा हाँस्दै ताली चुत्नेहरु धेरै छन् यँहा ॥


आफ्नै सामु अत्याचारको नाङ्गो नाच टुलुटुलु हेरी
निदाएको अभिनय गरी सुत्नेहरु धेरै छन् यँहा ॥


सात जन्मको कसम खाई छुत्नेहरु धेरै छन् यँहा ।
आफ्नो जवानी नदेखाऊ प्रिय लुट्नेहरु धेरै छन् यँहा ॥
-----------------------------------------------------------------------------------------------

संगीत,सुर अनि ताल बिना अचेल यँहा गीत हुन्छ ।
लोक र आधुनिक गाउने भन्दा चिच्याउने नै यँहा हित हुन्छ ॥

सत्यताको गला रेटी असत्यको गुणगान गाउने समाजमा
राम राम जपी छुरा बोक्नेहरु कै सधै यँहा जीत हुन्छ ॥

धन भए सबै आफ्ना नभए सारा बिरानो हुने समाजमा
आफन्त बनी डस्ने साँप भन्दा पराई नै यँहा मीत हुन्छ ॥

शिक्षा अनि योग्यताले नभई सोर्स फोर्सले चल्ने यो देशमा
आफ्नो मान्छे मात्र भए अनपढ गवार नि यँहा फीट हुन्छ ॥

संगीत,,सुर अनि ताल बिना अचेल यँहा गीत हुन्छ ।
लोक र आधुनिक गाउने भन्दा चिच्याउने नै यँहा हित हुन्छ ॥
----------------------------------------------------------------------------------------------------

माया पाउन तिमी मतिर, अबदेखि धाउने नगर
बेकार निद्रा खराब हुन्छ, सपनीमा आउने नगर ।


तिमीदेखि म पर पर हुनु, मेरो कयारता पक्कै होइन
एक पल पिछा नछोडी मेरो, जताततै छाउने नगर ।
बेकार निद्रा खराब हुन्छ, सपनीमा आउने नगर ।
---------------------------------------------------------------------------------------------------

सदा दुःखी म त हजुर लुटिएको मान्छे
आफन्तको हातबाट नै कुटिएको मान्छे


हिडन खोज्दा ठेसलाग्छ अघि बढौं कसरी
यस धर्तिमा नउम्रिदै ठुटिएको मान्छे


अघि पछि कोही छैन जीन्दगीको बाटोमा
नदीको दुई किनारा झै छुटिएको मान्छे


हांसो खुसी माया छेक्छ निरासाको बादलले
जन्मदैमा भाग्य हजुर फुटिएको मान्छे


जहां टेक्यो उही पहिरो अभागीको कर्म
दुखै दुखको भूमरीमा भुटिएको मान्छे


सदा दुःखी म त हजुर लुटिएको मान्छे
आफन्तको हातबाट नै कुटिएको मान्छे ।
---------------------------------------------------------------------------------------------------

जिन्दगी नै बिझे पछी, काडाँ पनि के नै हो र???
फुल सबै झरे पछी, बोट मात्रै के नै हो र

हात माग्यौ साथ दिए, तिमीले सोच्यौ क् नै भो र?
तिमीले दियौ मैले पिए, बिश पनि के नै थियो र???
जिन्दगी नै बिझे पछी, काडाँ पनि के नै हो र???
फुल सबै झरे पछी, बोट मात्रै के नै हो र


आँखा चिम्ली सही दिए, चोट पनि के नै थियो र?
तिमीले माग्यौ मैले दिए, सास पनि के नै थियो र??
जिन्दगी नै बिझे पछी, काडाँ पनि के नै हो र???
फुल सबै झरे पछी, बोट मात्रै के नै हो र???
-----------------------------------------------------------------------------------------------------------------------

 






No comments:

Post a Comment

Please comment here

Total Pageviews